Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुसी विमान दक्षिण कोरियाली हवाई रक्षा क्षेत्रमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस-एएफपी)

सियोल, १० भदौ : दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा रुसी सैन्य विमान प्रवेश गरेपछि निगरानीका लागि लडाकू विमान परिचालन गरेको जनाएको छ । केही सातामै दोस्रोपटक यस्तो घटना भएपछि सियोलले हवाई सुरक्षामा सतर्कता बढाएको हो ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार बुधबार केही रुसी विमान पूर्वी सागर भनिने जापान सागर आसपासको हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका थिए । सेनाले ती विमान प्रवेश गर्नुअघि नै पहिचान गरी सम्भावित परिस्थितिका लागि लडाकू विमान परिचालन गरेको जनाएको छ ।

रुसी विमानले दक्षिण कोरियाको सार्वभौम हवाई क्षेत्र भने उल्लङ्घन नगरेको बताइएको छ । हवाई रक्षा पहिचान क्षेत्र सार्वभौम हवाई क्षेत्र नभई विदेशी विमानको गतिविधि पहिचान र निगरानीका लागि तोकिएको अतिरिक्त क्षेत्र हो । त्यहाँ प्रवेश गर्नुअघि सम्बन्धित देशलाई जानकारी गराउने अभ्यास भए पनि अन्तर्राष्ट्रिय कानूनले त्यसलाई अनिवार्य गरेको छैन ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि दक्षिण कोरिया पश्चिमी प्रतिबन्धमा सहभागी भएको तथा मस्कोले उत्तर कोरियासँग सैन्य सम्बन्ध विस्तार गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ ।

यसअघि जुनको अन्त्यमा १० भन्दा बढी चिनियाँ र रुसी सैन्य विमान पनि दक्षिण कोरियाको हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका थिए ।

चीन र रुसले त्यसलाई जापान सागर, पूर्वी चीन सागर र पश्चिमी प्रशान्त महासागरमा गरिएको ‘रणनीतिक हवाई गस्ती’ भनेका थिए । दक्षिण कोरियाले भने दुवै देशसमक्ष विरोध जनाउँदै यस्ता घटना दोहोरिन नदिन आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan