Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानको अस्पतालमा आगलागी १४ जना नवजात शिशुको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस/सिन्ह्वा)

इस्लामावाद, १० भदौ : पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको स्त्रीरोग वार्डमा बुधबार आगलागी हुँदा कम्तीमा १४ जना नवजात शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुरक्षाका कारण नाम नछाप्ने सर्तमा प्रत्यक्षदर्शीहरुले अस्पतालको तेस्रो तलाको स्त्रीरोग वार्ड क्षेत्रमा स्थानीय समयअनुसार बिहान लगभग ६ः४० मा आगलागी भएको जनाएका छन् । उनीहरुका अनुसार त्यहाँ नवजात शिशुहरुलाई राखिएको थियो ।

अग्नि नियन्त्रक कर्मचारी, एम्बुलेन्स र प्रहरी घटनास्थलमा पुगेपछि उद्धार कार्य सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । आगलागी भएको वार्डबाट धेरै बालबालिकाहरूलाई उद्धार गर्न सफल भएकोसमेत बताइएको छ ।

स्रोतका अनुसार सुरुमा नौ बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य घाइतेहरूलाई बाल वार्डमा सारेर उपचार सुरु गरे पछि मृत्यु भएको थियो ।

प्रहरीले आगलागीको कारण र हताहतको बारेमा सही विवरणहरू सङ्कलन जारी राखेको छ भने उद्धार कार्य अझै जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan