Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
newsabhiyan

काठमाडौँ, १० भदौः चीनको स्वशाषित क्षेत्र तिब्बतबाट भोटेकोशी र त्रिशूलीमा ठूलो बाढी आएको जनाउँदै जल तथा मौसम विज्ञान  विभागले तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । 

विभागको बाढी पूर्वानुमान शाखाले रसुवा र नुवाकोटका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गर्दै तटीय क्षेत्रम जोखिम बढेको बताएको छ ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले “बाढी मुङ्लिनसम्म पुग्न सक्ने भएकाले नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक छ । विशेषगरी पृथ्वी राजमार्गलगायत नदी तटीय क्षेत्रमा पर्ने सडकमा आवतजावत बन्द गर्न आवश्यक छ,” भन्नुभयो । 

यसैबीच, धादिङ जिल्ला प्रशासन कार्यालयले पनि रसुवा जिल्ला प्रशासन कार्यालयबाट बाढीको पूर्वसूचनासहित सतर्कता अपनाउन आह्वान भएको जनाउँदै सम्बद्ध सबैलाई सचेत रहन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan